Kathmandu Press

काठमाडाैं उपत्यकामा मात्रै १२५ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडाैं, असार २९ : पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौंमा १००, ललितपुरमा...
काठमाडाैं उपत्यकामा मात्रै १२५ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडाैं, असार २९ : पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।

आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौंमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ।

आज देशभरि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमुना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए-५’ भेरियन्ट फैलिएको जनाउँदै सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह  गरेकाे छ।     

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्