महालेखा परीक्षकको प्रतिवेदन : सरकारको बेरुजु झण्डै ५ खर्ब (प्रतिवेदनसहित)
काठमाडौं, असार २९ : महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७÷०७८को महालेखा परीक्षणको ५९ औं वार्षिक प्रतिवेदन पेश गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा...
काठमाडौं, असार २९ : महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७÷०७८को महालेखा परीक्षणको ५९ औं वार्षिक प्रतिवेदन पेश गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टंकमणी दङ्गालले प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारको बेरुजु १५.४६ प्रतिशतले बढेको देखाएको छ। प्रतिवेदन अनुसार २०७७(७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
यो वर्ष सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालको देखिएको छ। अर्थमा बेरुजु १९ अर्ब ९२ करोड ७० लाख रुपैयाँ रहेको छ।जसमा असुल गर्नुपर्ने १२ अर्ब ४८ करोड ५२ लाख र ७ अर्ब ४४ करोड ५ लाख रुपैयाँ नियमित गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
महालेखाको प्रतिवेदनको सारांश
प्रकाशित मिति: १७:२२ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

