एकै दिन थपिए २०६ जना कोरोना संक्रमित
२ हजार ८२ पिसिआर परीक्षणमा १७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असार २९ : नेपालमा पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिएका छन्।
२ हजार ८२ पिसिआर परीक्षणमा १७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको छ।
तीमध्ये होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन्। सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
बुधबार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ८ सय १० पुगेकाे छ।
हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घन्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेकाे छ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

