स्थानीय निर्वाचनमा राज्यबाट मानवअधिकार हननका घटना भएका छन् : ओली
काठमाडाैं, असार २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्।मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना...
काठमाडाैं, असार २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्।
मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्नेलगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको बताएका हुन्।
विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ छ। ओलीले रेडक्रशमा अदालतको आदेशविपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेसी र कानुनीराजको उपहास भएको तर्क गरे।
अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिलेपनि मानवअधिकारको उल्लंघन नगर्ने स्पष्ट पारे।
उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्ठासँग जोडिएको विषय भएको बताए।
प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

