Kathmandu Press

नेपालले दियाे बंगलादेशलाई १३९ रनको टार्गेट

काठमाडौं, मंसिर २ : एसीसी ईमर्जिङ टिम्स कपको आजको खेलमा पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन सुध्रिन सकेन। नेपालले बंगलादेशलाई एक सय ३९ रनको मात्रै लक्ष....

नेपालले दियाे बंगलादेशलाई १३९ रनको टार्गेट

काठमाडौं, मंसिर २ : एसीसी ईमर्जिङ टिम्स कपको आजको खेलमा पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन सुध्रिन सकेन। नेपालले बंगलादेशलाई एक सय ३९ रनको मात्रै लक्ष्य दिन सकेको छ।

बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत सदाझै आज पनि खराब रह्यो। ३३ रनमा कुलश भुर्तेललाई गुमाएको नेपालले ३४ रनमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो।

त्यसपछि शरद भेष्वाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, पवन सर्राप, सन्दीपर ज्वरा र विनोद भण्डारी ८५ रनमै आउट भए। सोमपाल कामी र करण केसीले नेपालका लागि महत्वपूर्ण ५० रन जोडे। सोमपालले ३८ र करणले १८ रन बनाए।

नेपाल ४४.३ ओभरमै सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो।

बंगलादेशका लागि सुमन खान, मिन्हजुल अबेदिन अफ्रिदीले तीन÷तीन र तन्वीर इस्लाम र मेहदी हसनले दुई दुई विकेट लिए।

केहीवेरमै बंगालदेश खेल्नेछ।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, मंसिर २, २०७६