Kathmandu Press

भृकुटीमण्डपकाे ह्विलचेयर गोदाममा भीषण आगलागी

काठमाडौं, असार २९ : काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ।भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै रहेको ह्विलचेयर गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगो नियन्त्रणको प्रयास...
भृकुटीमण्डपकाे ह्विलचेयर गोदाममा भीषण आगलागी

काठमाडौं, असार २९ : काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै रहेको ह्विलचेयर गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणको प्रयास भइरहेको छ। त्यसका लागि दमकल, प्रहरी र स्थानीय जुटिरहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगाे र निभाउने कार्य जारी रहेको जानकारी दिएका छन्।

आगलागीका कारण गोदाम पूर्ण रुपमा नै नष्ट भएको छ। आगलागीकाे कारण र क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्