मोबाइल चोरीबारे अनुसन्धानका क्रममा ८० राउन्ड गोली बरामद
झापा, असार २९ : झापाकाे भद्रपुरस्थित प्रियंका मोबाइल पसल फुटाएर चोरी भएको घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले ८० राउन्ड गोली बरामद गरेको छ।हराएका मोबाइलमध्ये...
झापा, असार २९ : झापाकाे भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसल फुटाएर चोरी भएको घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले ८० राउन्ड गोली बरामद गरेको छ।
हराएका मोबाइलमध्ये केहीका आइएमइआई नम्बरका ट्रेस गर्दै जाँदा मंगलबार राति पक्राउ परेका भद्रपुर-५ का १८ वर्षीय मोहम्मद प्यारेको घरमा खनतलासी गर्दा पेस्तोलमा लाग्ने ८० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ती गोली गाडिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार प्रारम्भिक बयानमा प्यारेले ती गोली भारतबाट ल्याएको बताएका छन्। गोलीबारे थप अनुसन्धान भइरहेको प्हरीको भनाइ छ।
प्यारेको घरबाट एक थान माेबाइल र २७ थान मोबाल चार्जर भेटिएको अन्य मोबाइल भने भारततिर बिक्री गरिसकेको हुन सक्ने जनाइएको छ। प्यारेले मोबाइल आफूले नचोरेको दाबी गरेका छन्। तर सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत उनकै घरबाट बरामद गरिएको छ।
प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू. ५ लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

