जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
काठमाडौं, मंसिर २ : संसारभरका स्वास्थ्यकर्मीले स्वस्थ्य रहनका लागि हरियो सागपात सिफारिस गर्ने गर्छन। हरियो सागसब्जीले भरपुर मात्रामा भिटामिन र आइरन दि....

काठमाडौं, मंसिर २ : संसारभरका स्वास्थ्यकर्मीले स्वस्थ्य रहनका लागि हरियो सागपात सिफारिस गर्ने गर्छन। हरियो सागसब्जीले भरपुर मात्रामा भिटामिन र आइरन दिने हुँदा यसो भनिएको हो। यसले हाम्रो शरीरलाई स्वस्थ्य र फुर्तिलो राख्न मद्दत गर्छ।
तर, हरियो सागसब्जीको पौष्टिकतत्व रातो सागसब्जी र फलफूलबिना अधुरो मानिन्छ। विशेष गरेर जाडोयाममा हामीले रातो सागसब्जी र फलफूल सेवन गर्यौँ भने यसले हामीलाई तन्दुरुस्त राख्न निकै मद्दत गर्ने बताइएको छ। कतिपय खोजले रातो सागसब्जी र फलफूलले छाला तन्दुरुस्त राख्न र गोरोपना ल्याउन मद्दत गर्ने प्रमाणित गरेको छ।
अहिले चिकित्सक र डाइटिसियनले हरियोजस्तै रातो सागसब्जी र फलफूल खानका लागि सिफारिस गर्न थालेका छन्। खास गरि रातो फलफूल तथा सागसब्जीले जाडो मौषममा शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्ने जानकारहरु बताउँछन्।
रातो फल र तरकारीमा पाइने एन्टीअक्सिडेन्टस्ले शरीरकालाई रोग तथा थकानबाट बचाउने चिकित्सकहरु बताउँछन्। रातो फलफूल तथा सागसब्जीले शरीरको प्रतिरोधी क्षमता बढाउनमा निकै मद्दत गर्ने प्रमाणित गएको छ।
मुटुका लागि लाभदायक
चिकित्सकको भनाइ छ कि जुन फल तथा सागसब्जीको रंग गहिरो छ, त्यसमा मिनरल र भिटामिनको मात्रा पनि उत्तिकै धेरै हुन्छ। रातो रंगको साग तथा तरकारीबाहेक रातो रंगको फलमा पनि एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुने उनीहरुको भनाइ छ।
यसमा लाइकोपिन र एन्थोक्यानिन्सको मात्रा अधिक हुने भएकाले मुटुसम्बन्धी रोगसँग लड्ने क्षमतामा पनि विकास गर्ने चिकित्सकहरु बताउँछन्।
महिलाका लागि उपयोगी
कयौं सोध र अनुसन्धानले गाडा रंगको फल र सागसब्जी खानाले बिरामीबाट बच्न मद्दत पुग्छ। यसमा पाइने एन्टिअक्सिडेन्टसका कारण महिलालाई प्रोस्टेट क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानले देखाएको छ।
के हो रातो सागसब्जी?
जाडो याममा तमामौं रातो रंगका तरकारी, साग र फलफूल पाइन्छन् । चुकंदर, गाजर, टमाटर, अनार र स्याउ यसका लागि उपयुक्त मानिएको छ ।
चुकंदरमा पाइने फाइबर, भिटामिन सी, पोटासियम र नाइट्रेटले शरीरमा रोगसँग लड्ने क्षमतालाई दुईगुना बढाउने बताइएको छ । चुकंदरमा हेमोग्लोबिनको मात्रा पनि अत्याधिक हुन्छ । गाजरमा लाइकोपिन, म्यागनिज, आयरन, क्याल्सियम, पोटासियम, जिंक, फसफोरसजस्ता तत्व पाइन्छ ।
त्यस्तै गोलभेँडामा पनि एन्टिअक्सिडेन्ट्स प्राप्त हुन्छ । एक रिपोर्टका अनुसार रेड वाइन र ग्रिनटीमा भन्दा अनारमा तीन गुना बढी एन्टिअक्सिडेन्ट्स पाइन्छ । त्यस्तै स्याउमा पनि यी तत्वहरु हुने हुँदा जाडोयाममा यी कुरा बढी फाइदाजनक हुने बताइन्छ ।











