देउवा सरकारको १ वर्षे उपलब्धि : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धाभत्तासम्म (पूर्णपाठ)
सरकारले पहिलो उपलब्धिका रुपमा केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउने कामलाई लिएको छ।
काठमाडौं, असार २९ : सरकारले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एकवर्ष भरी सरकारले गरेका ४२ कामको विवरण सार्वजनिक गरेकाे हाे।
सरकारले पहिलो उपलब्धिका रुपमा केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउने कामलाई लिएको छ।
त्यस्तै स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गरिएको, नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउन सबै नागरिकलाई पूर्ण खोप दिलाएको लगायत रहेका छन्।
संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ।
विवरणमा वृद्धाभत्ताको उमेर घटाइएको देखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको विषय पनि उल्लेख छ।
त्यस्तै स्यानिटरी प्याड आयातमा बजेटमार्फत भन्सार छुट दिने निर्णय गरिएको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ। भूमि आयोग गठन गगरी भुमिहिन तथा सुकुम्बासी पहिचान र पूर्जा वितरणको थालनी गरिएको पनि विवरणमा उल्लेख छ।
यसैगरी किसानसँग सरकार को नारा सहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि गरिएको, किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजना ल्याइएको उल्लेख छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

