गभर्नर अधिकारी एमालेमा आबद्ध रहेको विषयमा छानबिन गर्न माग
काठमाडाैं, असार २९ : नेकपा माओवादी केन्द्रले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै...
काठमाडाैं, असार २९ : नेकपा माओवादी केन्द्रले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद रेखा शर्माले मुलुकको गभर्नर कुनै पार्टीको विभागको सदस्य हुन नपाउने व्यवस्था रहेको भन्दै उक्त विषयमा छानबिन हुनुपर्ने बताएकी हुन्।
यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावलीविपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लंघन भएको यहाले टिप्पणी गरे।
सांसद शर्माले छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरे। उनले मुलुकको अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खाेजिएको बताए।
त्यस्तै विशेष समयमा कांग्रेसका सांसद मीन विश्वकर्माले नेपाल राष्ट्र बैँकका गभर्नरले सेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त जनाए। रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको र यो बन्द हुनुपर्ने उनको भनाइ छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतारहतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाए। उनले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता पुष्टि गरि सदनलाई जानकारी गराउन माग गरे।
त्यस्तै बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले ल्याउन खोजेको भन्दै तत्काल फिर्ता लिन माग गरे।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

