Kathmandu Press

उपसभामुख निर्वाचन : यस्तो छ कार्यतालिका 

काठमाडौं, असार २९ : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। उपसभामुखको निर्वाचन शुक्रबार...
उपसभामुख निर्वाचन : यस्तो छ कार्यतालिका 

काठमाडौं, असार २९ : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो १ बजे हुनेछ।

कार्यतालिकामा बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, बिहीबार १ ः३० बजे दर्ता भएका उम्मेदवारिको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।

शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची छ।

प्रतिनिधि सभाको तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ।

Image

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्