राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (बुधबार) शिष्टाचार भेट गरेका छन्।राष्ट्रपति भवन शीतल निवासमा...
काठमाडाैं, असार २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (बुधबार) शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेट भएको हो।
आइतबार काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए।
त्यसको भोलिपल्ट सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे। मंगलबार नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए।
लिउ आजै (बुधबार नै) स्वदेश फर्किनेछन्।
प्रकाशित मिति: १२:२९ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

