जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्दै, सभापति चयन गर्ने तयारी
काठमाडौं, असार २९ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदको अर्थसमितिको सभाकक्षमा...
काठमाडौं, असार २९ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदको अर्थसमितिको सभाकक्षमा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकले समितिको सभापति चयन गर्ने कार्यसूची छ । यसअघि बसेको पहिलो बैठकले समितिको कार्यविधि पारित गरेको थियो । सभापति चयन नभइसकेका कारण उक्त बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको थियो।
समितिको सभापतिका लागि सत्तापक्ष र प्रतिपक्ष दुबैले दाबी गरेका कारण पहिलो बैठकले सभापति चयन गर्न सकेको थिएन।
अर्थमन्त्री हुँदा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि विवाद सुरु भएको थियो । विवादीत बनेका शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
सो प्रकरणमा शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ । समितिमा
समितिमा एमालेका खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, नेपाली कांग्रेसका पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादीका देव गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन्।
विशेष समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नुपर्नेछ ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

