Kathmandu Press

प्रतिनिधिसभामा पेश हुँदै नागरिकता सम्बन्धी विधेयक

काठमाडौं, असार २९ : सरकारले यसअघि फिर्ता लिएको नागरिकता सम्बन्धी विधेयक आज फेरि प्रतिनिधिसभामा पेश हुँदै छ।संघीय संसद् सचिवालले जारी गरेको आजको सम्भावित...
प्रतिनिधिसभामा पेश हुँदै नागरिकता सम्बन्धी विधेयक

काठमाडौं, असार २९ : सरकारले यसअघि फिर्ता लिएको नागरिकता सम्बन्धी विधेयक आज फेरि प्रतिनिधिसभामा पेश हुँदै छ।

संघीय संसद् सचिवालले जारी गरेको आजको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा नागरिकता विधेयक पेश गर्ने उल्लेख छ। सरकारले पुरानो विधेयक फिर्ता लिएर नयाँ पेश गर्न लागेको हो।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गर्ने भएका छन्।

चार वर्षअघि संसद्मा नागरिक विधेयक पेश गरिएको थियो। विवादका कारण पारित हुन सकेको थिएन। सरकारले केही दिनअघि त्यसलाई फिर्ता लिएको थियो।

त्यस्तै, आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

May be an image of text

प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्