Kathmandu Press

लिग-२ मा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं, असार २९ : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आज...
लिग-२ मा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं, असार २९ : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आज तेस्रो खेल हुन लागेको हो। पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको हो।

आज तेस्रो खेलमा नेपाल र स्कटल्यान्ड भिड्न लागेका हुन्। लिग-२ को अंक तालिकामा स्कटल्यान्ड दोस्रो स्थानमा छ। अहिलेसम्म स्कटल्यान्डले २१ खेलमा ३० अंक बटुलेको छ।

त्यस्तै, नामिबियासँगको हारसँगै छैटौं स्थानमा झरेको छ। नेपालले १७ खेलमा १५ अंक मात्रै जोडेको छ।

पहिलो खेलमा नामिबियासँग ४० रनले हारेको नेपालले आज जितका लागि मैदानमा उत्रिनेछ।

प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्