Kathmandu Press

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २९ : मनसुनी वायुको प्रभावले आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार हाल...
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २९ : मनसुनी वायुको प्रभावले आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।  

अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:२४ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्