एक वर्षभन्दा बढी समय रहेको पासपोर्टको नवीकरण नहुने

काठमाडौं, असार २८ : राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ पासपोर्ट का लागि नवीकरण नगर्ने भएको छ ।
देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको पासपोर्ट को समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई विभागले अनुरोध गरेको हो ।
विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले नवीकरणका लागि आवेदन सक्ने छन् । राहदानीको म्याद ६ महिना बढी भएमा विदेश यात्रा सहजै गर्न सकिने छ ।
राहदानी ऐन, २०७६ को दफा (१२) राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल एक वर्ष भएमा वा सो भन्दा बढी रहेमा नयाँ जारी नगर्ने व्यवस्था छ।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

