देशलाई लोकतन्त्रको बाटोमा अघि वढाउने जिम्मेवारी कांग्रेसको काधमा छ : नेता पौडेल
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको कार्यान्वयन गराएर देशलाई लोकतन्त्रको बाटोमा अघि वढाउने जिम्मेवारी कांग्रेसको काधमा रहेको बताएका...
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको कार्यान्वयन गराएर देशलाई लोकतन्त्रको बाटोमा अघि वढाउने जिम्मेवारी कांग्रेसको काधमा रहेको बताएका छन् ।
आज केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै नेता पौडेलले कम्युनिष्टबाट भरोसा गर्न नसकिने भन्दै सम्पूर्ण जिम्मेवारी कांग्रेसको काधमा आएको उल्लेख गरेका हुन् ।
यसका लागि संवैधानिक परिषद्लाई पुर्णता दिन उपसभामुख र उपाध्यक्षको नियुक्ती गराईहाल्न, अदालतलाई उत्तरदायी बन्न प्रेरित गर्ने, अख्तियारलाई प्रभावकारी बनाई भष्टाचारको नियन्त्रण गनुपर्नेमा जोड दिए ।
यस्तै नेता पौडेलले पार्टीलाई न्याय, निस्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकतावद्ध र अनुशासित बनाउने, सरकारले गरेका लोकप्रिय कामको प्रचारप्रसार अभियान चलाउनुपर्ने र देशमा गहिरिदो आर्थिक संकट सामाना गर्नुपर्ने लगायतका विचार राखेका थिए ।
नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

