नोबेल, नेशनल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरणको छापा
काठमाडौं, मंसिर १ : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन ठूला निजि मेडिकल कलेजमा छापा मारेको छ।
नोबल मेडिकल कलेज, विराटनगर, चितवन मेडिकल....
काठमाडौं, मंसिर १ : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन ठूला निजि मेडिकल कलेजमा छापा मारेको छ।
नोबल मेडिकल कलेज, विराटनगर, चितवन मेडिकल कलेज, भरतपुर र नेशनल मेडिकल कलेज वीरगन्जमा आईतबार छापा मारेको हो।
यि मेडिकल कलेजहरूमा सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरू आन्दोलनमा थिए।
विभाग स्रोतका अनुसार ती मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गर्नुका साथै विगत पाँच बर्षका लेखाका सबै फायल सिल गरिएको छ।
नोबेल मेडिकल कलजेका सञ्चालक सुनील शर्मा हुन् भने नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन्। त्यस्तै चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने हुन्। नेसनल र चितवन मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी शुल्क उठाउँदै आएको आरोप छ।






