बुधबारदेखि मतदाता नामावली दर्ता अनलाइनबाटै
काठमाडौं, असार २८ : निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको...
काठमाडौं, असार २८ : निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।
निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरिएको जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाईनबाटै आवेदन पेश गर्न सक्नेछन् ।
त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्नेछ ।
उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएपछि आयोगले यस्तो व्यवस्था गरेको हो ।










![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

