Kathmandu Press

पशुपंक्षी बजार निर्देशनालयका निर्देशक थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर...
पशुपंक्षी बजार निर्देशनालयका निर्देशक थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। 

आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले रु ४७ लाख ३७ हजार ६२९ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशमाुर लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले पशुहाट निर्माणमा अनियमितता गरेको पाइएको छ। त्यस्तै, परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ।

त्यस्तै, आयोगले सर्लाहीको साविक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाले रु सात लाख ७१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

त्यस्तै, आयोगले पर्साको साविक भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्याकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको ११ लाख ९५ हजार बराबरको रकम हिनामिना गरेको अभियोगमा अध्यक्ष कन्हैया साह कानु, प्रअ रामवचन प्रसाद र समिति सदस्य रामचन्द्र साह कानुविरुद्ध मुद्दा दायर गरेको हो। 

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्