स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ : मन्त्री कुँवर

काठमाडौं, असार २८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताएका छन्।
कैलालीको धनगढीमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय बासिन्दाको आवश्यकता अनुसार योजना छनोट गरी कार्यक्रम कार्यान्वयन ग¥यो भने मात्रै लाभदायी हुने बताए।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
सो कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै देशको विकास गर्न सकिने बताउँदै उनले कार्यक्रममा सबै वर्ग समुदायका बेरोजगार नागरिकलाई सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा युवा सहभागितालाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कैलाली र कञ्चनपुरका सबै पालिका तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकको सहभागिता थियो।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

