Kathmandu Press

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई

काठमाडौं, असार २८ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत...
पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई

काठमाडौं, असार २८ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गरेका छन्। 

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । ती बुँदाहरुमा उनले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकीर गरेका छन्। 

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन्। 

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन्। यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन्।  

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्