Kathmandu Press

एमाले मध्यपुरथिमी नगर कमिटी सदस्यसहित दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

काठमाडौं, असार २८ : नेकपा एमाले मध्यपुर थिमी नगर कमिटीका सदस्य बेदप्रसाद खरेलसहित दर्जन नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।  मंगलबार खुमलटारमा...
एमाले मध्यपुरथिमी नगर कमिटी सदस्यसहित दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

काठमाडौं, असार २८ : नेकपा एमाले मध्यपुर थिमी नगर कमिटीका सदस्य बेदप्रसाद खरेलसहित दर्जन नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।  मंगलबार खुमलटारमा एक कार्यक्रम गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले परित्याग गरी आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन्। 

पार्टी प्रवेश गर्नेहरुमा नगर कमिटी सदस्य खरेलसहित बलराम चौहान, राजन भट्टराई, पवन थापा, रोशन जोशी, निर्मल भण्डारी, सागर तामाङ, विजय खड्का, रत्न केशरी श्रेष्ठ लगायत रहेका छन्।

 

सो अवसरमा अध्यक्ष प्रचण्डले सङ्घीयता धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा  सम्पूर्ण  वामपन्थी शक्ति एकजुट हुन आह्वान गरे। 

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्