एकैदिन १७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ८७३ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये १७७ जनामा सङ्क्रमण देखिएको हो।
काठमाडौं, असार २८ : कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो ।
असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।
अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

