Kathmandu Press

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

तनहुँ, असार २८ : बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ। गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा...
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

तनहुँ, असार २८ : बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ। 

गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो । 

Hardik ivf

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो। 

गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । उक्त योजना कार्यालयका प्रमुख पन्तले भने, ‘वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिराले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ।’

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्