Kathmandu Press

लेखा समितिका सभापतिको राजीनामा माग्दै एमालेद्वारा बैठक बहिस्कार 

काठमाडौं, असार २८ : नेकपा एमालले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ।  मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका...
लेखा समितिका सभापतिको राजीनामा माग्दै एमालेद्वारा बैठक बहिस्कार 

काठमाडौं, असार २८ : नेकपा एमालले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ।  

मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरुले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । बैठकमा सभापति भरत कुमार शाहले समितिको बार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए। 

तर एमाले सांसद विशाल भट्टराई र गोकुल बास्कोटा लगाएतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए । लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनीहरुको भनाई थियो।

सभापति शाहले बार्षिक प्रतिवेदन पारित गरेर सभापतिको बिषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरुले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने भन्दै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठकले बहुमतका आधारमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पारित गरेको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए। 

बैठकमा अन्य सांसदहरुले सभापति परिवर्तन गर्ने विषयको भिन्दै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता बिषय नउठाउन विपक्षी संसदहरुलाई सुझाव दिएका थिए।  

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्