Kathmandu Press

बाबुराम पक्षको बैठकमा सहभागी भएका यादवले भने– पार्टी फुट्न दिइन्न

काठमाडौं, असार २८ : जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र राय यादवले जुनसुकै हालतमा पनि पार्टीको विभाजन रोक्ने बताएका छन् । बाबुराम पक्षको...
बाबुराम पक्षको बैठकमा सहभागी भएका यादवले भने– पार्टी फुट्न दिइन्न

काठमाडौं, असार २८ : जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र राय यादवले जुनसुकै हालतमा पनि पार्टीको विभाजन रोक्ने बताएका छन् । बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै नेता यादवले पार्टीभित्रै लड्ने तर विभाजन नगर्ने बताएका हुन्। 

उनले आफूहरु फुटेर नभई जुटेर यो स्थानसम्म आइपुगेको बताउँदै अभियान नै सञ्चालन गरी विभाजन रोक्ने बताए । ‘हामी फुटेर होइन, जुटेर यो ठाउँमा आइपुगेका हौं। यो पार्टीको नाममा रहेको जनता शब्द पूर्वराजपाको हो। छाता छाप पनि राजपाको हो। यो पार्टीमा समान अधिकार छ। यो पार्टीभित्र लडिन्छ, फुट्न दिइँदैन। यो हो हाम्रो अभियान’, उनले भने।

उनले पार्टीभित्र आफ्ना कुरा राख्न नपाएका कारण विस्तरित बैठक बोलाउनुपरेको बताए। ‘हामीलाई बोल्न नदिने, बैठकमा नबोलाउने? हामीलाई आफ्नो आवाज बुलन्द हुन नदिने भएपछि हामीले बोल्न कहाँ जाने? त्यसैले यो थलो बनाएको हो,’ उनले भने । उनले पार्टी विभाजन रोक्ने आफूहरुको अभियानमा साथ दिन पनि आह्वान गरे। 

उनले जसपा सबैको साझा फूलबारी बनोस् भन्ने आफूहरुको चाहना रहेको बताए। उनले लोकतान्त्रिक विधि प्रक्रिया र सबैलाई समेट्ने वैकल्पिक शक्ति निर्माण गर्ने सोच र चिन्तनका कारण जसपा गठन गरिएको बताए।
 

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्