Kathmandu Press

बाबुराम पक्षको बैठक जारी,  १०६ केन्द्रीय सदस्य उपस्थित 

काठमाडौं, असार २८ : जनता समाजवादी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको बैठक सुरु भएको छ । काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी...
बाबुराम पक्षको बैठक जारी,  १०६ केन्द्रीय सदस्य उपस्थित 

काठमाडौं, असार २८ : जनता समाजवादी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको बैठक सुरु भएको छ । काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी पार्टी प्यालेसमा सुरु भएको बैठकमा १०६ बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको बताइएको छ।

बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले पार्टीको नीति र आगामी योजना उल्लेख गरेका छन्। उनको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। 

जसपामा कुल ४९९ केन्द्रीय सदस्य छन् । आजै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक विरगञ्जमा बसेको छ । सो पक्षको विस्तारित बैठक भोलिदेखि सुरु हुनेछ। 

उपेन्द्र पक्षबाट कारवाही हुने डरले कतिपय नेताहरु बाबुराम पक्षको बेठकमा उपस्थित नभएको बताइएको छ । जसपामा उपेन्द्र–बाबुरामको टकरावका कारण दोस्रो तप्काका नेताहरु संकटमा परेका छन् । उनीहरुले पार्टी विभाजन रोक्न दुईतर्फी नै छलफल गरेपनि उपेन्द्र र बाबुरामले सहमतिमै अलग हुने प्रस्ताव अगाडि सारिसकेका छन्। 

दुबै पक्षको विस्तरित बैठकपछि पार्टी सग्लो रहने कि विभाजन हुने निर्णय हुने एक नेताले बताए । 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्