‘उपसभामुख र उपाध्यक्ष पद लामो समयदेखि रिक्त हुन लाजमर्दो’
काठमाडौं, असार २८ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको...
काठमाडौं, असार २८ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन्।
उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाई भएको दावी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे ।
दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ । ‘जुन ठाउँमा महिला अनिवार्य भनिएको छ, त्यो भएको छैन । यो लाजमर्दो कुरा हो । महिला माननीयहरुले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ,’उनले भने।
गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

