Kathmandu Press

भरतपुरकी मेयर दाहाललाई प्रधानमन्त्रीको निर्देशन– रोकिएका काम तत्काल सुरु गर्नुस्

काठमाडौं, असार २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत विभिन्न विकास निर्माणका काम तत्काल अगाडि बढाउन निर्देशन  दिएका छन्...
भरतपुरकी मेयर दाहाललाई प्रधानमन्त्रीको निर्देशन– रोकिएका काम तत्काल सुरु गर्नुस्

काठमाडौं, असार २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत विभिन्न विकास निर्माणका काम तत्काल अगाडि बढाउन निर्देशन  दिएका छन् । 

मंगलबार बालुवाटारमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललगायतसँगको भेटमा प्रधानमन्त्रीले चितवनको विकासमा रोकिएका कामहरु तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले विमानस्थल र रंगाशालासहित माडी क्षेत्रको भुमिगत विद्युतीकरण, हुलाकी सडकको स्तरोन्नती लगायतका कामहरु तत्काल अघि बढाउन निर्देशन दिएको महानगर प्रमुख दाहालले बताइन्। 

बालुवाटारको भेटवार्तामा माअ‍ोवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागीसहित महानगर प्रमुख दाहाल सहभागी थिइन्। भेटवार्तापछि चितवनमा रोकिएका सबै काम तत्काल सुरु गर्न प्रधानमन्त्रीेले निर्देशन दिएका हुन्। 
 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्