बालकोटमा चिनियाँ कम्युनिस्ट नेता र अध्यक्ष ओलीबीच भेटवार्ता
मंगलबार बिहान बालकोट पुगेर चिनियाँ प्रतिनिधिमण्डलले ओलीसँग भेटवार्ता गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।
काठमाडौं, असार २८ : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान बालकोट पुगेर चिनियाँ प्रतिनिधिमण्डलले ओलीसँग भेटवार्ता गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। भेटमा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी थिए।

आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ।

उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

