बाबुराम पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक बस्दै
काठमाडौं, असार २८ : विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ। जडिबुटीको रोयल जडिबुटी पार्टी प्यालेसमा...
काठमाडौं, असार २८ : विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ। जडिबुटीको रोयल जडिबुटी पार्टी प्यालेसमा बिहान ११ बजेपछि बैठक बस्ने बताइएको छ।
बैठकका सम्पूर्ण तयारी पूरा भइसकेको बाबुराम पक्षीय एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिएका छन् । बैठकका लागि केन्द्रीय सदस्य र परिषद्का सदस्यहरु काठमाडौं आइसकेका छन्।
केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ । दुई दिनसम्म चल्ने सो बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ ।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमा छलफल हुने बताइएको छ ।
पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ । त्यसका लागि यादव पनि मंगलबार नै वीगञ्ज पुिगसकेका छन्।
नेतृत्व विभाजनको संघारमा पुगिसक्दा दोस्रो वरियताका नेताहरु भने एक ढिक्का भएर जानुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरुले छलफल गरेर दुई पक्षलाई मिलाउने प्रयत्न गरिरहेका छन्। यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

