Kathmandu Press

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति रुपैयाँ लाग्छ ? 

विभागका अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा १.७९ प्रतिशत वृद्धि भएको छ। 
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति रुपैयाँ लाग्छ ? 

काठमाडौं, असार २८ : सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । मंगलबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको हो। 

विभागले डिजेलको मूल्य ९ रुपैयाँले बढेका कारण सवारी साधनको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको जानकारी दिएको छ । विभागका अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा १.७९ प्रतिशत वृद्धि भएको छ। 

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत भाडा वृद्धि भएको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशत भाडा बढाइएको छ। 

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

कहाँको भाडा कति ?

प्रकाशित मिति: १०:२२ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्