Kathmandu Press

आज फेरि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, असार २८ : स्थानीय तहको चुनावका समीक्षा र आगामी तयारीबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरि बस्न लागेको छ।कांग्रेस...
आज फेरि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, असार २८ : स्थानीय तहको चुनावका समीक्षा र आगामी तयारीबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरि बस्न लागेको छ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको बैठकमा स्थानीय चुनाव परिणामका विषयमा केन्द्रीय सदस्यले बोलेका थिए। उनीहरुले स्थानीय चुनावमा भएका कमिकमजोरी हटाएर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए।

सोमबार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकका प्रस्तावहरु र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसमाथि केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। आज दिउसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रकाशित मिति: ०८:४५ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्