Kathmandu Press

देशका अधिकांश भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, असार २८ : मनसुनी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको...
देशका अधिकांश भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, असार २८ : मनसुनी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

त्यस्त, हाल प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनसक्ने महाशाखाले प्रक्षेपण गरेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

राति पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:५८ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्