Kathmandu Press

लिग-२ मा नेपाल नामिबियासँग ४० रन पराजित

काठमाडौं, असार २८ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत गएराति भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउने...
लिग-२ मा नेपाल नामिबियासँग ४० रन पराजित

काठमाडौं, असार २८ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत गएराति भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४५.६ ओभरमा १८० रन मात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले अभिजित ५० बनाए।

त्यस्तै, देव खनालले ३२, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ शेखले १४, सोमपाल कामी र मोहम्मद आदिल आलमले १०-१० रन बनाए।

नामिबियाका लागि डेभिड वाइज, बेनार्ड सोल्ज र जान फ्रिलिन्कले दुई-दुई तथा रुबेन टुम्पेलमन र जेहार्ड इरसमसले एक-एक विकेट लिए।

यसअघि नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको थियो। नामिबियाका लागि जेएन लोफ्टी इटनले ६० रन बनाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले अर्को खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ।

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्