Kathmandu Press

आयोगका पदाधिकारीका लागि सूचि सार्वजनिक गरिँदै

काठमाडौं, मंसिर १ : सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पू....

आयोगका पदाधिकारीका लागि सूचि सार्वजनिक गरिँदै

काठमाडौं, मंसिर १ : सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ।

समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ।

दुवै आयोगमा पदाधिकारीहरुमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरु पनि रहेको उनले बताइन्।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो।

पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन। अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ।

दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ।

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, मंसिर १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्