Kathmandu Press

राष्ट्रपतिद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं, असार २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।राष्ट्रपति भण्डारीले इजिप्टका लािग सुशीलकुमार लम्साल र अस्ट्रियाका...
राष्ट्रपतिद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं, असार २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले इजिप्टका लािग सुशीलकुमार लम्साल र अस्ट्रियाका लागि भरतकुमार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

यससँग राष्ट्रपति भण्डारीले रेग्मीलाई संयुक्त राष्ट्रसङ्घ, कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पनि तोकेकी छन्।

प्रकाशित मिति: ०६:४० बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्