निर्वाचनमा जानुअघि पार्टीमा सुदृढ एकता आवश्यक : नेता पौडेल
काठमाडौं, असार २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले अहिले पार्टीमा सुदृढ एकता आवश्यक भएको बताएका छन् ।आज केन्द्रीय समिति वैठकमा आफ्नो...
काठमाडौं, असार २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले अहिले पार्टीमा सुदृढ एकता आवश्यक भएको बताएका छन् ।
आज केन्द्रीय समिति वैठकमा आफ्नो धारणा राख्दै सदस्य पौडेलले देशलाई निर्वाचनमा लैजानुको विकल्प नभएकोले निर्वाचनमा जाँदा पार्टीमा सुदृढ एकता आवश्यक भएको बताएका हुन् ।
उनले पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरुमा अन्तरविरोध बढाउने भन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेत्तृत्वले आ–आफ्नो भूमिका निभाउनुपर्ने र निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सक्नुपर्नेमा जोड दिए । यस्तै निर्वाचनको रणनीतिको बारेमा केन्द्रीय समितिमा छलफल हुनुपर्ने उनको माग थियो ।
उनले भने, ‘अहिलेका हाम्रा संभावना पनि विचार गरौं र २०७४ का पराजय पनि नबिर्सौं । कांग्रेस अहिले अनुकुल अवस्थामा छ । स्थानीय निर्वाचनको परिणाममा कांग्रेसले प्रतिस्पर्धीलाई धेरै उछिनेर पहिलो भएको छ । यो अनुकुलता विवेकपुर्ण रणनीतिले मात्र बचाईराख्न सक्छ । ’
निर्वाचनको आन्तरिक तयारीका लागि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृसंघठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्ने उनको भनाइ थियो । निवार्चनको संघारमा नेपाली कांग्रेसले अघिल्लो सरकारका राजनीतिक तथा आर्थिक विचलनको सशक्त भण्डाफोर गर्नुपर्ने समेत उनले बताए ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

