‘प्रदेश र संघको सरकार संम्बृद्धि आधार’ अभियान सञ्चालन गरौं : कांग्रेस नेतृ संग्रौला

काठमाडौं, असार २७ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डिला संग्रौंला पंतले प्रदेश तथा संघको निर्वाचन अगाडी “प्रदेश र संघको सरकार संम्बृद्धि आधार” सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गर्नुपर्ने बताएकी छिन् ।
आज केन्द्रीय समिति वैठकमा आफ्नो धारणा राख्दै स्थानीय निर्वाचनमा संचालन गरिएको “घर घर जाऔं काँग्रेस जिताऔं” अभियानले पहिलो पार्टी बन्न परिणाम दिएको भन्दै आगामी निर्वाचनभन्दा अगाडी “प्रदेश र संघको सरकार संम्बृद्धि आधार” सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गर्नुपर्ने बताएकी हुन् ।
यस्तै स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको संग्रौलाले बताईन् ।
अब हुने निर्वाचन पछि बन्ने सरकार काँग्रेसको हुने र जनतालाई विश्वस्त पार्दै सांगठनिक, राजनैतिक, आर्थिक, सामाजिक पक्षमा समेत आमुल परिर्वतन गरि योग्य मान्छेलाई योग्य ठाउँमा अवधारणा अनुरुप उम्मेद्वार चयनमा ध्यान दिनुपर्ने यदि त्यसो नभएमा अहिलेको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र उम्मेद्वारको बिजय र फेरी सलबलाई रहेको आगोको राग र तापको झिल्काले काँग्रेसलाई नछुला भन्न नसकिने भन्दै नेतृत्वलाई सचेत समेत गराईन् ।
यसका साथै भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता, विभागको गठन, नीति तथा विधान अधिवेशन र आगामी चुनावी रणनीतिका बारेमा स्पष्ट धारणा बनाउनुपर्नेमा उनको जोड थियो ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

