कांग्रेस केन्द्रीय कार्यसमिति वैठक मंगलबार पुनः बस्ने
काठमाडौं, असार २७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्ने भएको छ । आजको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन...
काठमाडौं, असार २७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्ने भएको छ ।
आजको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरु र पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा आज केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए ।
अर्को बैठक मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

