वर्तमान सरकार निष्प्राण भइसकेको ओलीकाे टिप्पणी
ललितपुर, असार २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गरेका छन्।सोमबार ललितपुरमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले...
ललितपुर, असार २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गरेका छन्।
सोमबार ललितपुरमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै वर्तमान परमादेशी सरकारको कुनै अर्थ नै नरहेको र निष्प्राण भइसकेको टिप्पणी गरेका हुन्। ओलीले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने नै थाहा हुन नसकेको बताए। सरकारलाई जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको र गठबन्धन जोगाउने काम मात्रै भएको उनले बताए।
उहाले गठबन्धन कै कारण जनतामा दलहरुप्रति र सरकारप्रति बितृष्णा जागेको र विश्वास कम हुदै गएको उल्लेख गरे। जसले जे षडयन्त्र गरेपनि आफ्नै पार्टी जोगाउन नसक्नु आफ्नो पनि कमजोरी भएको उहाले स्वीकार गरे।
एमालेले चाहेको भए वर्तमान सरकारको गठबन्धन धेरै अघि नै टुट्ने भन्दै ओलीले एमालेका लागि गठबन्धन भन्दा मुलुकको सुशासन मुख्य विषय भएको बताए। एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार नगर्ने ओलीको भनाइ छ। संवैधानिक परिषद् विधेयकलाई सुटुक्क राष्ट्रियसभामा लाने काम सरकारले गरेको भन्दै उनले यसको औचित्य पुष्टि गर्न चुनौती दिए।
ओलीले सर्वोच्चमा मुद्दा हालेको बिषयलाई राष्ट्रियसभामा लगेर सरकारले दुईमुखे चरित्र देखिएको र यो स्वार्थप्ररित कुरा भएको तर्क गरे।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

