कांग्रेस बैठक : आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन प्रदेश सभापतिहरूकाे सुझाव
केही सभापतिले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए। त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए।
काठमाडाैं, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन्।
सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरुले चूनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन्।
केही सभापतिले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए। त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए।
बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेस गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुंगाे लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उहाले बताए। त्यस्तै उहाले उपसभामुखको टुंगाे लागेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयकको विवाद समाधान हुने बताए।
केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताएका थिए।
उनले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गरे। कांग्रेसको केन्द्रीय समिति बैठक केही दिन चल्ने बताइएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

