धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना
काठमाडौं, असार २७ : धोबीखोलामा फोहोर फाल्ने एक कम्पनीलाई काठमाडौं महानगरपालिकाले २५ हजार रूपैयाँ जरिवाना तिराएकाे छ।सोमबार बिहान उक्त कम्पनीले डोजर लगाएर काठमाडौंको...
काठमाडौं, असार २७ : धोबीखोलामा फोहोर फाल्ने एक कम्पनीलाई काठमाडौं महानगरपालिकाले २५ हजार रूपैयाँ जरिवाना तिराएकाे छ।
सोमबार बिहान उक्त कम्पनीले डोजर लगाएर काठमाडौंको रातोपुल आसपासबाट धोबीखोलामा फोहोरकाे थुप्रो फालिरहेकाेको दृश्य सार्वजनिक भएपछि महानगरले कारबाहीस्वरूप २५ हजार जरिबाना गराएको काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फतजानकारी दिएका हुन्।
‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौं,’ उनले फेसबुकमा लेखेका छन्।
त्यस्तै उनले यस्ता किसिमका कार्य गर्नेलाई सार्वजनिक गर्न र महानगरसम्म ल्याइदिनसमेत अनुरोध पनि गरेका छन् ।
‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ,’ उनले लेखेका छन्, ‘आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौं।’









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

