भक्तपुर–नगरकोट सडक : बाटो नबनेको विरोधमा वडाध्यक्षले सडकमै खोले कार्यालय (फोटोफिचर)
काठमाडौँ, असार २७ : नौ वर्षदेखि बन्न नसकेको भक्तपुर– नगरकोट रुटको बाटो विरुद्ध चाँगुनारायण नगरपालिका वडा ६ का अध्यक्ष धनबहादुर लामाले सांकेतिक विरोध जनाएका...
काठमाडौँ, असार २७ : नौ वर्षदेखि बन्न नसकेको भक्तपुर– नगरकोट रुटको बाटो विरुद्ध चाँगुनारायण नगरपालिका वडा ६ का अध्यक्ष धनबहादुर लामाले सांकेतिक विरोध जनाएका छन् । उनले सडकमै कार्यकालका टेबल, कुर्सी, मेच राखि सेवाग्राहीलाई सेवा दिएका छन्।
भक्तपुरबाट तेलकोट हुँदै नगरकोट पुग्ने करिब २० किलोमिटरको बाटो २०७१ साल जेठ २२ गते ठेक्का सम्झौता भए अनुसार दुई वर्षको अवधिमा बन्नुपर्ने थियो । तर, हालसम्म पनि बाटो नबन्दा यहाँ स्थानीयदेखि नगरकोट घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत अप्ठ्यारो भइरहेको छ।

बाटो बनाउने ठेक्का सैलुङ ट्रेर्डरका शारदा अधिकारीले प्राप्त गरेका थिए । पटक पटक ताकेता गर्दा, म्याद थप गर्दा समेत पनि बाटो निर्माण चासो नदेखाएसँगै उक्त कदम चाल्न बाध्य भएको अध्यक्ष लामा बताउँछन्।

‘पहिलो दिनको सडकमा उत्रियाैँ, बिस्तारै अन्य रचनात्मक कार्यक्रम गरी बाटो बनाउन दबाब दिने योजना छ,’ वडा अध्यक्ष लामा भन्छन,‘ हेरौँ सरकारले हाम्रो समस्यालाई सम्बोधन गर्छ गर्दैन । नत्र जनदबाबमूलक कार्यक्रम लिएर हामी सिहंदरबारसमेत पुग्ने योजनामा पुग्छौँ । ’ सांकेतिक विरोधमा स्थानीयले पनि ऐक्यबद्धता जनाएका छन्।
ठेक्का लिएर बाटो नबनाएको भन्दै स्थानीयले पटकपटक आन्दोलन गर्दै आएपनि ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएका छन् । केही वर्षअघि त्यहाँका स्थानीयले पोस्टरमा सैलुङ ट्रेडर्सका सञ्चालक शारदा अधिकारीको फोटोमा कुकुर र बाँदरको फोटो जोडेर बनाइएको पोस्टर प्रदर्शन गर्दैै विरोध जनाएका थिए।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

