Kathmandu Press

काेराेना संक्रमण बढ्दाे, एकै दिन थपिए १६८ संक्रमित

पछिल्ला दिनहरूमा काेराेना संक्रमण बढ्दाे छ। आइतबार १२१ र शनिबार १०२ जनामा संक्रमण देखिएको थियो।  
काेराेना संक्रमण बढ्दाे, एकै दिन थपिए १६८ संक्रमित

काठमाडाैं, असार २७ : नेपालमा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टिजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन्।

हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पछिल्ला दिनहरूमा काेराेना संक्रमण बढ्दाे छ। आइतबार १२१ र शनिबार १०२ जनामा संक्रमण देखिएको थियो।  

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्