नेपाल श्रीलंकाजस्तो नहोस् भन्नेमा सबै सतर्क हुनुपर्छ : ओली
काठमाडौं, असार २७ : एमालेका अध्यक्ष केपी ओलीले नेपाल श्रीलंकाजस्तो नहोस् भन्नेमा सबै सतर्क हुनुपर्ने बताएक छन्।पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना...
काठमाडौं, असार २७ : एमालेका अध्यक्ष केपी ओलीले नेपाल श्रीलंकाजस्तो नहोस् भन्नेमा सबै सतर्क हुनुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा तत्कालीन अर्थमन्त्रीले अनधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरणका कारण देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको बताएका हुन्।
बजेट निर्माणमा अनाडी मान्छे संलग्न हुने, व्यापारीका प्रतिनिधिहरूसँग सेटिङ गरेर लाभको हिसाबकिताब जोडघटाउ गर्ने कार्यले देशको अर्थतन्त्र ध्वस्त भएको जिकिर उनले गरे। करका दर, अन्तशुल्क छुट दिनेजस्ता विषयमा अनधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी काम भएको उनले बताए।
ओलीले हतियार खरदिमा पनि चलखेल भइरहेको बताए। ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ। बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्दैन। अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तीमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ,’ उनले भने।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

