चिनियाँ नेता लिउ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं, असार २७ : चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।भेटका लागि...
काठमाडौं, असार २७ : चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
भेटका लागि उनी दाहाल निवास खुमलटार पुगेका हुन्। भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता थियाे।
भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
नेपालको चारदिने भ्रमणका सिलसिलामा आइतबार बिहान काठमाडौं आइपुगेका नेता लिउले आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री देउवासँगको भेटमा लिउले नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नहुनेमा ध्यानाकर्षण गराएको जनाइएको छ।
भ्रमणका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ। उनी बुधबार बिहान चीन फर्किनेछन्।












![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

