Kathmandu Press

काठमाडौंवासीलाई खानेपानीको अभाव हुन दिन्न : मन्त्री चाैधरी

काठमाडाैं, असार २७ : खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन्।सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री...
काठमाडौंवासीलाई खानेपानीको अभाव हुन दिन्न : मन्त्री चाैधरी

काठमाडाैं, असार २७ : खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सहतको ५ करोड लिटरभन्दा बढि पानीको व्यवस्था गरेर काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने बताएका हुन्।

उनले मेलम्चीको बिकल्पको रुपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउन टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बितिकै मेलम्चीको पानी ल्याउने बताए।  एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दाबी गरे।

यसअघि चैत्र २४ गते बसेको मन्त्रीपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको शालिक बनाउने निर्णय गरेको छ। 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्